News Portal

  • भक्तपुर चरेलीमा एक सय आठ फिट उचाईको (बसेको) सरस्वतीको मूर्ति निर्माण हुने

    दोलागिरि संवाददाता२०८१ माघ २२
    ५४ पटक

    २२माघ भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ८ स्थित चरेलीमा एक सय आठ फिट उचाईको (बसेको) सरस्वतीको मूर्ति निर्माण हुने भएको छ ।


    १०८ फिट अग्लो सरस्वतीको मूर्ति निर्माणका लागि चाँंगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उद्घाटन गरेका हुन ।चाँगुनारायण नगरपालिका ८ स्थित भुतेको ढुंगा (चरेली) मा जग पुजा गरेर सोमबार निर्माण कार्यको शुभारम्भ गरेका हुन  ।


    निर्माण समितिका अध्यक्ष एवं वडा नंं. ८ का निवर्तमान वडाअध्यक्ष परासर सापकोटाको सभापतित्वमा सम्पन्न  कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष श्यामकृष्ण नयाँजु श्रेष्ठ, वडा ८ का वडाअध्यक्ष जनक खत्रीलगायत स्थानीयरूको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्