News Portal

  • माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा निर्वाचित

    दोलागिरि संवाददाता२०८१ माघ १७
    ६० पटक

    माघ १७, २०८१
    काठमाडौं : माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा निर्वाचित भएका छन भने महासचिवमा रोशन थापा मगर विजयी भएका हुन । निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई पराजित गर्दै सापकोटा अध्यक्षमा निर्वाचित भएका हुन्। सापकोटाले ६८६ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी राईले ६१५ मत प्राप्त गरेको जानकारी प्रप्तभएको छ।

    ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र ३ केन्द्रीय निकायका पदाधिकारीका लागि भएको अखिल क्रान्तिकारीको निर्वाचनको अन्तिम मतपरिणाम बुधबार साँझ मात्र सार्वजनिक गरेको हो। निर्वाचन आयोगले सार्वजनिक गरेको हो ।

    महासचिवमा उपमहासचिव शर्मा पक्षधरका ​​​​​​थापामगरले ५९८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी सञ्जय महतोले ४१० मत प्राप्त गरे। थापामगर राई प्यानलकै हुन्।

    उपाध्यक्षमा ममता अधिकारी, मदन ढकाल, विराज थापा, अटल आचार्य, दीपा जैशी, सन्दीप पुन, कृष्णबहादुर सुनार, अभिमन्यु यादव र उमेश कंडेल निर्वाचित भएका छन्। यीमध्ये ५ जना शर्मा पक्षका हुन्।

    उपमहासचिवमा विपिन पोखरेल (कोशी), गजेन्द्र यादव (मधेश), निर्मला गौतम (बागमती), भगवान बास्तोला (गण्डकी), रेशम अधिकारी (लुम्बिनी), प्रकाश अधिकारी (कर्णाली), रामचन्द्र भट्ट (सुदूरपश्चिम), निरोज श्रेष्ठ (उपत्यका विशेष) र जटिल कार्की (विश्वविद्यालय) विजयी भएका छन्। निरोज र विपिनबाहेक सबै शर्मा पक्षका राई प्यानलका हुन्।

    १२ वटा सचिवमध्ये ५ जना शर्मा निकट विजयी भएका छन्। यसैगरी कोषाध्यक्षमा पनि शर्मा प्यानलकै फुलमाया राना विजयी भइन्। उपमहासचिव शर्माले पार्टीमा बारम्बार अध्यक्ष प्रचण्डको कार्यशैली र पार्टी सञ्चालन विधिमाथि प्रश्न उठाउँदै आएका छन्।

    अखिल क्रान्तिकारीको विधानअनुसार १ अध्यक्ष, खुला ४ र समावेशी ५ गरी ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष हुने प्रावधान छ।

    प्रतिकृया दिनुहोस्