दोलागिरि संवाददाता२०८१ पौष १९
काठमाडौं । २९ औँ बेथान वीरता दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेशको आयोजनामा पुस १९ गते शुक्रबार बेथान स्मृती दिवसको अवसरमा राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रम शुक्रबार पुरानस बानेश्वर काठमाडौमा हुने भएको छ । रामेछापको बेथानमा जनयुद्धका बेला २०५३ साल पुस १९ गते देशकै पहिलो फौजी कारबाहीमा परी ३ जना योद्धाहरु तिर्थ गौतम, फत्त स्माली मगर र दिलमाया बम्जनले सहादत प्राप्त गरेका थिए ।
उक्त दिनलाई नेकपाले बेथान बिरता दिवसको रुपमा मनाउदै आएको छ । सोही दिनलाई सम्झदै नेकपाले पार्टी महासचिव विप्लव सीको विषेश उपस्थितिमा आज पुस १९ गते कार्यक्रम गर्न लागिएको हो ।