News Portal

  • १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

    दोलागिरि संवाददाता२०८१ पौष १७
    ११ पटक

    काठमाडौं । आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।  जागरूक युवा अभियान नेपालको आयोजनामा ‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

    नेपालको पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० सालदेखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो । बाह्र वर्षअघि जनवरी १ तारिखका दिनदेखि राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो ।

    यस अवसरमा आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्