News Portal

  • पुर्खाले हामीलाई सिकाएर गएका सिप, संस्कृतिको प्रवर्द्धन गर्न महोत्सवले टेवा पुर्‍याउँछ: उपप्रधानमन्त्री सिंह

    दोलागिरि संवाददाता२०८१ पौष १२
    २५ पटक

    १२ पुस, काठमाडौ । नेपाल सरकारका उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्पदाहरूको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने धाराण राखेका छन् ।

    आज शुक्रबार भक्तपुरको मध्यपुर महोत्सव (२०८१ को उद्घाटन समारोहमा बोल्दै उनले यस्ता महोत्सवले ऐतिहासिक सम्पदा, स्थानीय कला संस्कृतिको प्रवर्द्धन र अवसर सिर्जनामा टेवा पुर्‍याउने बताएका हुन । हाम्र पुर्खाले हामीलाई सिकाएर गएका सिप, संस्कृति र संस्कार छ । यी सबैलाई जीवन्त राख्नका लागि यस्ता महोत्सवहरुले टेवा पुर्‍याउँछ भन्ने मलाई विश्वास छ, सिंहले भने, ‘आफू जन्मेको ठाउँमा बसेर के नै गर्न सकिन्छ र भन्ने नकारात्मक खालको भाष्य बनाउन खोजिएको छ । काम गर्ने इच्छा भयो भने सम्भावना प्रशस्त रहेको कुरा पनि यो महोत्सवले देखाउन खोजेको छ । देशको अर्थतन्त्रलाई पनि लयमा ल्याउन महोत्सवले प्रत्यक्ष रूपमा प्रभाव पार्छ ।’

    कला संस्कृतिले सम्पन्न मध्यपुर थिमिभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदाहरूलाई महोत्सवले विश्वसामु ल्याउन मद्दत गर्ने बताए । ‘मध्यपुर थिमिभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदाहरूलाई विश्वसामु चिनाउन, देखाउन, सम्झाउन र बुझाउनका लागि महोत्सव आयोजन भएको छ । महोत्सवका लागि जति मेहेनत गर्नु भएको छ र जुन लक्ष्य राख्नु भएको छ त्यो पूरा हुन्छ भन्ने पूरा विश्वास छ,’ उनले भने । महोत्सव १४ पुससम्म चल्नेछ ।

    प्रतिकृया दिनुहोस्