News Portal

  • रवि माथिको अमानवीय र निरंकुश व्यवहार तत्काल रोक्न प्रचण्डको चेतावनी

    दोलागिरि संवाददाता२०८१ मंसिर २४
    १२ पटक

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि सरकारले निरङ्कुश र अमानवीय व्यवहार देखाएको आरोप लगाएका छन् ।

    पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका रविमाथि सरकारले गरेको अलोकतान्त्रिक, निरङ्कुश तथा प्रतिशोधपूर्ण व्यवहार तत्काल रोक्न उनले आग्रह गरेका छन् ।

    सोमबार सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डले लेखेका छन्– ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति मा।रवि लामिछानेमाथि सरकारले जुन निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु ।’

    सहकारी ठगी गरेको आरोपमा लामिछानेलाई कातिक २ गते पक्राउ गरी कास्की प्रहरी हिरासतमा राखिएको छ । अस्वस्थ हुँदाहुँदै राति नै प्रहरीले चितवनबाट उठाएर पोखरा लगिएकोमा लामिछानेले आपत्ति जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्