News Portal

  • भक्तपुर ट्रक व्यवसायी संघले भब्य रुपमा मनायो रजत जयन्ती

    दोलागिरि संवाददाता२०८१ मंसिर २२
    २२ पटक

    भक्तपुर । भक्तपुर ट्रक व्यवसायी संघको रजत जयन्तीको भब्य रुपमा मनाएको छ । रजत जयन्तीको उद्घाटन नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले गरेका थिए उने भने १० अर्व भन्दा बढी लगानी रहेको यातायता व्यवसायल लाइ व्यवस्थित गर्न मेकानिकल र अटोमोबाईलका इन्जिनरियरहरुको उत्पादन बढाएर २० वर्षमा खेर जाने सवारी साधनलाई मर्मत गरी ४० वर्षसम्म पनि चलाउनुपर्नेमा जोड दिएका थिए ।

    आर्थिक मन्दिले निमार्ण कार्य सुष्ट हुँदा ढुवानी व्यवासय पनि प्रभावित हुँदा ब्याज र ऋण समेत तिर्न समस्या भएका व्यवसायीलाई खेर जाने सवारी साधनलाई मर्मत गरे सञ्चालनको व्यवस्था गर्न सरकारलाई सचेत गराएका थिए  । संसद जनता र सांसदको आवाज सुन्ने ठाउँ भएपनि सुन्ने जस्तो मात्र गरेको राष्ट्रहितलाई ध्यान नदिइ नेपालमा उत्पादित विद्युत विदेशलाई दिएर ग्यास, पेट्रोल किनेर विदेशी ऋणमा डुब्ने सरकार भएकाले यातायात क्षेत्र पनि समस्यामा रहेको सांसद सुवालले जिकिर थियो  ।

    संघका अध्यक्ष लक्ष्मीप्रसाद गोराको सभापतित्वमा आयोजित सो कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वांर,यसैगरि यातायात ब्यवस्था विभाग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका निर्देशक नरहरी तिवारी भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल संघका संस्थापक अध्यक्ष विश्वराम कवां, भक्तपुर उद्योग व्यवसायी संघका वष्ठि उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, संघका उपाध्यक्ष नातिभाई ह्यौम्बा, सचिव जितेन्द्र खायमली, नेपाल यातायात व्यवासयी राष्ट्रिक्ष् महासंघ मालबाहतर्फ ट्रक टिपर तथा हेवि ईक्युपमेन्टका नविन प्रजापति सहितका अतिथिहरुले शुभकामना मन्तव्यका साथ धुवानी व्यवसायीहरुका साझा समस्यालाई नीतिगत रुपले सम्बोधनकालागि सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए ।

    प्रतिकृया दिनुहोस्