भक्तपुर । नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको नयाँ भवन शिलान्यास गरिएको छ । आज सोमबार विहान मध्यपुर थिमिको भक्तपुरमा आयोजित एक कार्यक्रमकाबीच उपप्रधान तथा सहरीविकास मन्त्री प्रकाशमान सिंहले भवनको शिलान्यास गरेका हुन ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री सिंहले अस्पतालमा सञ्चाल हुने सेवाको माध्यमबाट नेपाल र कोरियाबीचको सम्बन्धलाई अझ अगाडि बढाउने विश्वास व्यक्त गरे । स्थानीय बासिन्दा मात्र नभइ आसपासका सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन लायकको अस्पताल निर्माण हुन लागेकोमा उनले खुसी समेत ब्यक्त गरे ।
उनले भने मलाई खुसी केमा लागेको छ भने अस्पतालले नेपाल र कोरियाबीचको सम्बन्धलाइए अगाडि बढाउन र सेवा विस्तार गरेर स्थानीय मात्र नभइ आसपासका सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन लायकको अस्पताल बन्दैछ ।
अस्पताल दक्षिण कोरियाको सहायतामा चल्दै आएको छ । कार्यक्रममा भक्तपुर क्षेत्र नम्वर दुइका सांसद दुर्लब थापाको पनि विषेश उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षाता नगर प्रमुख सुरेन्द्र क्षेष्ठले गरेका थिए ।