News Portal

  • दुर्गा प्रसाईं भक्तपुर निवासबाट पक्राउ

    दोलागिरि संवाददाता२०८१ मंसिर ४
    ७७ पटक

    काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई साइबर अपराधको मुद्दामा फेरि पक्राउ गरेको छ ।

    सीआईबी प्रवक्ता होविन्द्र बोगटीका अनुसार ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको पाइएपछि नियन्त्रणमा लिइएको उनले जानकारी दिएका छन् ।

    प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चल्ने भएको छ । प्रसाईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै गरेका थिए । उनको दाबीमा सत्यता नदेखिएको सीआइबीले जानकारी दिएको छ

    उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।

    प्रतिकृया दिनुहोस्