News Portal

  • सोमबार सेयर बजारको परिसूचक नेप्से २२.१४ अंक बढ्यो

    दोलागिरि संवाददाता२०८१ कार्तिक २६
    ४७ पटक

    २६ कात्तिक, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २२.१४ अंक बढेको छ । सो अंकको वृद्धिसँगै २७६० मा कायम भएको छ ।

    परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ३१ करोडको भयो । कुल १४३ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ९ को स्थिर रह्यो । यस दिन क्षेत्रगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । माइक्रोफाइनान्स सूचक सबैभन्दा धेरै ३.२ प्रतिशत बढ्यो ।

    त्यस्तै बैंकिङ १.०४, लगानी १.२८, जीवन बीमा १.६६, उत्पादन ०.०१, अन्य ०.२१ र व्यापार समूह ०.७३ प्रतिशत बढे । निर्जीवन बीमा ०.२२, विकास बैंक ०.१०, फाइनान्स ०.३०, हाइड्रोपावर ०.०५ प्रतिशत घटे । ८ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, सिर्जनशील लघुवित्त, माछापुच्छ्रे बैंक, कुथेली बुकरी स्मल हाइड्रोपावर र सीवाईसी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । गुडविल फाइनान्सको ९.८ तथा नारायणी विकास बैंकको ९.६ प्रतिशत मूल्य बढ्यो ।

    इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । समृद्धि फाइनान्सको ९.७, सानिमा जीआईसी इन्स्योरेन्सको ४.१ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा साहस ऊर्जा, हिमालयन रिइन्स्योरेन्स, अरुणभ्याली हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र समृद्धि फाइनान्स क्रमशः अगाडि रहे ।

    प्रतिकृया दिनुहोस्