News Portal

  • रास्वपा बैठकको निर्णय : रविमाथिको कारबाही राजनीतिक प्रतिशोधको निकृष्ट काम

    दोलागिरि संवाददाता२०८१ कार्तिक २४
    ६६ पटक

    २४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेर हिरासतमा राख्नु रास्वपाको प्रभाव र जनसमर्थन दबाउने षड्यन्त्र भएको आरोप लगाएको छ ।

    शनिबार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले लामिछानेविरुद्धको कारबाही राजनीतिक प्रतिशोधको निकृष्ट काम भएको ठहर समेत गरेको छ । ‘यो कारबाही सत्तारुढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्म्याइ छ’, बैठकपछि पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले विज्ञप्तिमा भनेका छन् ।

    संसदीय छानबिन समितिले प्रतिवेदनको पृष्ठ नं। ४४९ मा गोरखा मिडिया प्रालिमा सहकारीको रकम लैजादा लामिछानेको संलग्नता पुष्टि हुने कुनै पनि कागज प्रमाण नभेटिएको तथ्य उल्लेख भएको रास्वपाले भनेको छ । तर पनि वर्तमान सत्ता गठबन्धनले रास्वपालाई राजनीतिक रुपमा निषेध गर्न सभापति लामिछानेलाई पक्राउ गरेको कार्यबाहक प्रवक्ता झाले आरोप लगाएका छन्।

    सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्