News Portal

  • प्रथम सूर्यविनायक कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव २०८१ हुने

    दोलागिरि संवाददाता२०८१ कार्तिक २२
    ४४ पटक

    भक्तपुर :- भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका क्षेत्रको पहिचानलाई सम्भावित क्षेत्रलाई अगाडि बढाउन महोत्सव आयोजना हुने भएको छ । उक्त महोत्सव प्रथम सूर्यविनायक कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव २०८१ हुने भएको हो ।

    यहि मंसिर ७ गतेदेखि २२ गतेसम्म सूर्यविनायक नगरपालिका वडा नं. ३ बालकोट हनुमन्ते कोरिडोरसँंगै महोत्सव हुने आज बिहीबार आयोजित पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

    उक्त महोत्सवको आयोजना राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपाल काठमाडौं नेपालको मुख्य आयोजना र संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रालिको आयोजनामा महोत्सव हुन लागेको हो।

    राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपाल काठमाडौं नेपालका अध्यक्ष नमराज ढकालले सूर्यविनायक नगरपालिका क्षेत्रको पहिचानलाई अझ वढावा दिने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको जानकारी दिएका छन् ।

    भक्तपुरको कृषि, पर्यटन, कला, संस्कृति गौरवपूर्ण शान, सूर्यविनायकलाई पहिचान गराउने महान् अभियान भन्ने मुख्य नारा महोत्सवको राखिएको छ । लामो मेलामा प्रवेश शुल्क निःशुल्क हुने समेत आयोजकले जनाइएको छ।

    मेलाका लागि ३५ लाख खर्च हुने अनुमान गरिएको छ। मेला अवधिभर लाखौँ दर्शक आउने अनुमान गरिएको छ। महोत्सवका लागि सूर्यविनायक नगरपालिका वडा नं १ देखि १० सम्मका वडालाई एक एक वटा स्टल निःशुल्क रुपमा उपलब्ध गराउने र ती स्टलहरूमा वडावासीहरूले आआफ्ना उत्पादनहरू राखेर बेच्न सकिने जनाइएको छ।

    प्रतिकृया दिनुहोस्