पोखरा: २३औं आहारारा पोखरा गोल्डकपको सर्वोत्कृष्ट खेलाडीले टेलजी स्कुटर पुस्कार पाउनेछन् । मोफसलकै प्रतिष्ठित र चर्चित आहारारा पोखरा गोल्डकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई टेलजी स्कुटर पुरस्कार प्रदान गर्न थालिएको हो ।
२२औं संस्करणमा संकटा क्लबका सुनिल बलले सर्वोत्कृष्ट खेलाडी खेल्दै टेलजी स्कुटर पुरस्कार पाएका थिए । पछिल्लो समय इलेक्ट्रिक स्कुटरको माग बढ्दो छ ।
देशकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहारारा पोखरा गोल्डकपमा सहकार्य गर्न पाउँदा खुसी लागेको टेल्जी नेपालका निर्देशक सञ्जिव शिल्पकारले बताए ।
‘आहा रारा गोल्डकप देशकै प्रतिष्ठित नकआउट फुटबल प्रतियोगिता मध्येको एक हो । यसले राष्ट्रिय खेलाडीहरु उत्पादन गर्नेदेखि लिएर अनाथहरुलाई समेत सहारा दिएर फुटबल एकेडेमी सञ्चालन गरिरहेको छ । त्यसैले हामी यो प्रतिष्ठित प्रतियोगितासँग जोडिएका छौं,’ टेल्जी नेपालका निर्देशक सञ्जिव शिल्पकारले भने ।
चिनियाँ कम्पनी टेलजीको नेपालका लागि आधिकारिक वितरक योमा मा ई-मोटर्स प्रालि छ । टेलजीको अहिले नेपालमा दुईवटा मोडल विक्रीमा रहेको शिल्पकारले बताए । टेलजीको इलोक्ट्रोनिक स्कुटर संयुक्त राष्ट्रसंघको इन्भारोमेन्ट पार्टनरका रुपमा छ ।
सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको २३औं आहारारा पोखरा गोल्डकपको उपाधिका लागि शनिबार थ्री स्टार क्लब र त्रिभुवन आर्मी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।