News Portal

  • नेपालसहित लेबनानमा शान्ति सैनिक पठाउने ३४ देशले गरे आक्रमणको विरोध

    दोलागिरि संवाददाता२०८१ आश्विन २९
    ५९३ पटक

    काठमाडौं ।संयुक्त राष्ट्रसंघको लेबनानस्थित मिसन (यूनिफिल) मा खटिएका शान्ति सैनिकमाथि भएको आक्रमणको नेपालले कडा शब्दामा निन्दा गरेको छ ।

    संयुक्त राष्ट्र संघका अनुसार इजरायली सेना आइतबार शान्ति सैनिकको बेसमा जबरजस्ती घुसपैठ गर्दै गोलाबारी गरेको थियो ।

    परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको सत्यतथ्य छानविन गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह समेत गरेको छ । नेपालसहित ३४ देशहरूले दक्षिणी लेबनानमा रहेको शान्ति सैनिकको बेसमा भएको आक्रमणको विरोध गरेका हुन् ।

    इजरायली सुरक्षा बल (आईडीएफ) ले भने आफ्ना घाइते सैनिकहरूलाई बाहिर निकाल्न युनिफिल पोजिशनमा प्रवेश गरेको बताएको छ।

    प्रतिकृया दिनुहोस्