News Portal

  • पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै

    दोलागिरि संवाददाता२०८१ आश्विन २७
    ४० पटक

    २७ असोज, म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन ।

    सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । प्रतिकूल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताए ।

    ‘हेलिकप्टर अवतरण गर्न र व्यक्ति हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको थियो’ उनले भने, ‘मौसमको खराबी र प्रतिकूल भूगोलका कारण शव सङ्कलन गरेर घटनास्थलबाट ल्याउने प्रयास सफल भएको छैन ।’

    बुधबार, विहीबार र शुक्रबार शव ल्याउन गएको हेलिकप्टर रित्तै फर्किएको थियो । शनिबार दशैं भएकाले र आइतबार हिमालमा कुहिरो लागेकाले हेलिकप्टर जान सकेनन् । सम्बद्ध ट्रेकिङ कम्पनीले अनुकूल मौसम भएमा सोमबार शव ल्याउन हेलिहप्टरमा उद्धार टोली पठाउने जानकारी आएको प्रनाउ श्रेष्ठले बताए ।

    प्रतिकृया दिनुहोस्