News Portal

  • काठमाडौँबाट विराटनगरका लागि उडेको श्री एयरको विमान करिब आधा घण्टा आकाशमै होल्ड

    दोलागिरि संवाददाता२०८१ आश्विन १७
    ११६ पटक

    १७ असोज,विराटनगर । भारी वर्षा र हावाका कारण विराटनगर विमानस्थलको उडान अवतरण केही समय प्रभावित भएको छ । काठमाडौँबाट विराटनगरका लागि उडेको श्री एयरको विमान करिब आधा घण्टा आकाशमै होल्ड भएको छ ।

    विमानस्थल नखुलेपछि विमानले आकासशमा ६ फन्को लगाएको थियो । आज बिहानै खुलेको विमानस्थल भारी वर्षा र हावा चलेपछि करिब ८ बजेपछि बन्द भएको थियो । वर्षा कम भएपछि साढे ८ बजे एयरपोर्ट खुलेको हो ।

    एयरपोर्ट खुलेपछि श्री एयरको जाहाज अवतरण भएको विराटनगर विमानस्थल प्रमुख सुभास झाले बताए । ‘ल्याण्ड गर्ने बेलामा वर्षा र हावाहुरी चलेपछि आकाशमै होल्ड भएको हो,’ उनले भने,‘ एयरपोर्ट खुलेपछि विमान ल्याण्ड भयो ।’

    विराटनगरमा बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ । विराटनगरमा एयरपोर्टमा रहेको  वर्षा मापन केन्द्रमा पछिल्लो तीन घण्टामा ४०.६ मिलिमिटर वर्षा मापन भएको थियो ।

    प्रतिकृया दिनुहोस्