दोलागिरि संवाददाता२०८१ भाद्र ३१
काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाइ सिफारिस गरेको छ ।
आज सोमबार बसेको संवैधानिक परिषद्को बैठकले उनको नाम प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय भएको जानाकारी उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् ।
वरिष्ठताको हिसाबले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय भएको उनले बताइन् । अब संसदीय सुनाई समितिबाट राउतको नाम अनुमोदन भएमा राष्ट्रपतिबाट नियुक्त हुनेछन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १८ गतेदेखि अवकाशमा जाँदैछन् ।