News Portal

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालयले,कानून संशोधन गर्दै

    दोलागिरि संवाददाता२०८१ भाद्र २६
    ५७ पटक

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालयले अस्पतालहरूमा स्वास्थ्य उपचारका सिलसिलामा चिकित्सकहरुमाथि हुने आक्रमणबाट सुरक्षाका लागि भन्दै कानून संशोधनको तयारी गरेको छ ।

    यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक दोश्रो संशोधनको मस्यौदा गरेको मन्त्रालयले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा राय मागेको छ । चिकित्सकहरूले उपचारकै क्रममा बेलाबखत आफूमाथि आक्रमण तथा धम्की आउने गरेको भन्दै सुरक्षा माग गर्दै आएका छन् ।

    यसलाई सम्बोधन गर्न गत साउन २७ गते स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले घोषणा गरेको योजना तथा प्राथमिकतामा चिकित्सकको सुरक्षा सुनिश्चित गर्दै आवश्यक नीतिगत सुधार गर्ने उल्लेख थियो । सोही अनुसार कानून संशोधनको तयारी गर्दै मन्त्रालयले कानून मन्त्रालयसँग राय मागेको हो ।

    संशोधन प्रस्ताव गरिएको व्यवस्थाले कार्यरत स्वास्थ्य केन्द्रमा चिकित्सक तथा स्वास्थ्यकर्मी माथि हातपात भएमा तत्काल गैरजमानति गिरफ्तार (जेल विदआउट वेल) गर्ने सम्मको प्रावधान समेटिएको छ ।

    चिकित्सकको सुरक्षामा थप योगदान दिने मन्त्री पौडेलको सचिवालयले जनाएको छ । कानूनबाट राय प्राप्त भए पछि मन्त्रालयले विधेयकको प्रक्रिया अघि बढाउने छ ।

    प्रतिकृया दिनुहोस्