News Portal

  • निःसन्तानपन उपचार क्लिनिक वात्सल्य समूहको नयाँ क्लिनिक ललितपुरमा

    दोलागिरि संवाददाता२०८१ भाद्र २०
    ४१७ पटक

    काठमाडौं- वात्सल्य नेचुरल आइभिएफले नेपाल मेडिसिटीको सहकार्यमा ललितपुरमा नयाँ क्लिनिक उद्घाटन गरेको छ। डा उपेन्द्र महतोले मेडिसिटी अस्पतालमा उक्त क्लिनिक उद्घाटन गरेका छन्।

    सोमबार क्लिनिकको उद्घाटन गर्दै मेडिसिटी अस्पतालका अध्यक्ष डा उपेन्द्र महतोले बच्चाको चाहना भएर पनि प्राकृतिक रुपमा बच्चा प्राप्त गर्न नसक्ने दम्पत्तीको लागि वात्सल्यको सेवाले सहजता प्रदान गर्ने बताए। उनले बच्चा नहुनुको पीडा ती दम्पत्तीलाई मात्र थाहा हुने भन्दै वात्सल्यले सन्तान नहुनेका लागि ठूलो सेवामुखी काम गरिरहेको भन्दै यो कार्यमा आफू पनि जोडिन पाउँदा खुसी लागेको बताए

    कार्यक्रममा वात्सल्यका ब्रान्ड एम्बेसडरका रुपमा मिस नेपाल २०२४ का बिजेताहरु आश्मा केसी, सुमना केसी र करुणा रावत पनि सहभागी थिए।वात्सल्य नेचुरल आई.भि.एफले आफ्नो ८औं वार्षिकोत्सवको अवसरमा नयाँ ब्रान्ड पहिचान सार्वजनिक गर्दै नेपाल मेडिसिटि अस्पतालसँगको सहकार्यमा ललितपुरमा नयाँ क्लिनिकको उद्घाटन गरेको छ

    प्रतिकृया दिनुहोस्