News Portal

  • धार्मिक तिर्थस्थल छाँयानाथ धामको दर्शन गरेर फर्किदै गर्दा, तिर्थ यात्रीलाई खोलाले बगायो

    दोलागिरि संवाददाता२०८१ भाद्र ४
    ९१ पटक

    । मुगुमा खोला तर्ने क्रममा आधा दर्जन भन्दा बढी तिर्थयात्रीलाई खोलाले बगाएको छ । सोमबार मुगुको प्रशिद्ध धार्मिक तिर्थस्थल छाँयानाथ धामको दर्शन गरेर फर्किदै गर्दा उनीहरुलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

    मुगुम कार्मारोङ गाउँपालिका हुदै तिब्बती नाका जोड्ने नाक्चेलाक्ना सडक खण्डको अल्का सागु भएर खोला तर्ने क्रममा स्थानीय सपना मल्ल, सक्ली शाही, नन्द राज मल्ल, धर्म राज बिक, बिष्णा बिक, सञ्जु बिक, पिउली सरा बिक लगाएत आधादर्जन बढीलाई खोलाले बगाएको हो ।

    खोलाले बगाएर घाइते भएका उनीहरु छाँयानाथ नगरपालिका वडा १ र वडा ३ का स्थानीय भएको र हाल उनीहरुको जिल्ला अस्पताल मुगुमा उपचार भैइरहेको प्रहरीले जनाएको छ । सोही खोलामा निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समयमै निर्माण सम्पन्न भैसक्नु पर्ने पुल बन्न नसक्दा स्थानीयले बर्षौदेखि दुःख पाईरहेका छन ।

    प्रतिकृया दिनुहोस्