News Portal

  • प्रतिनिधिसभाको आज बैंकक बस्दैं  बैठकमा प्रधानमन्त्रीसहित सबै दलका प्रमुख नेताहरुले सम्बोधन गर्ने

    दोलागिरि संवाददाता२०८१ साउन ३०
    ५७ पटक

    काठमाडौं : प्रतिनिधिसभाको आज बैंकक बस्दैं  बैठकमा प्रधानमन्त्रीसहित सबै दलका प्रमुख नेताहरुले सम्बोधन गर्ने भएका छन्।

    सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट आजै पारित गर्ने सम्भावना रहेको  छ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विधेयकमाथि छलफल सकेर आजै पारित गर्नका लागि निर्णयार्थ पेश गरिने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएकाछन् ।

    बैठकको सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले विधेयकमा केन्द्रित भएर सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएकाछन्।

    प्रधानमन्त्रीको सम्बोधन पछि  कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले “कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

    त्यसपछि विधेयकमाथिको छलफल अघि बढ्नेछ। छलफलमा दलका शीर्ष नेताहरुले मात्र भाग लिने र विधेयक पारितका लागि निर्णयार्थ पेश गरिने कांग्रेस प्रमुख सचेतक घिमिरेले बताए। आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोल्ने कार्यक्रम रहेको छ।

    प्रमुख दलहरुबीच विधेयकका विवादित प्रावधानमा सहमति जुटिसकेकाले लामो छलफल नगरी आजै पारित गर्न लागिएको हो। कानुन न्याय तथा मानवअधिकार समितिबाट विधेयक सर्वसम्मतिले पारित भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्