News Portal

  • भारतीय विदेश सचिव विक्रम मिस्री र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता

    दोलागिरि संवाददाता२०८१ साउन २७
    ७१ पटक

    काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

    आइतबार अपराह्न विदेश सचिव मिस्री प्रधानमन्त्री ओलीलाई भेट्न सिंह दरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका हुन् । प्रधानमन्त्रीसँगको भेटमा विदेश सचिव मिस्रीले नेपाल र भारतको सभ्यतागत, घनिष्ठ र बहुआयामिक सम्बन्धमाथि जोड दिएका थिए ।

    त्यस्तै भेटका क्रममा द्विपक्षीय सहकार्यका विभिन्न क्षेत्रलाई गति दिने विषयमा छलफल भएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस्