News Portal

  • माडी-७ मा करेन्ट लागेर एक युवाकाे मृत्यु

    दोलागिरि संवाददाता२०८१ साउन २७
    १२१ पटक

    माडी, चितवन । माडी-७ मा करेन्ट लागेर एक युवाकाे मृत्यु भएकाे छ ।

    करेन्ट लागेर माडी-७ गाैरिनगरका ३२ वर्षिय नवराज राइकाे मृत्यु भएकाे हाे ।

     

    राइकाे आफ्नै कुखुरा फर्ममा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भइ उपचारकाे लागि बघाैडा अस्पताल ल्याएकाेमा चिकित्सकले मृत घाेषणा गरेका हुन् ।

    उनकाे शव हालसम्म बघाैडा अस्पताल रहेकाे प्रहरीले जनाएकाे छ ।

     

    प्रतिकृया दिनुहोस्