काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव बढीरहेको छ। मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थति रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको कारणलेहाल देशभर साधरणतया बदली भइरहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बनिी, कर्णाली र सुदूरपश्चमि प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दउिँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहति हल्कादेख िमध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बनिी र सुदूरपश्चमि प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बनिी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनिसम्भावना रहेको छ ।
आज रात ि देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहति हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बनिी प्रदेशका एक-दुई स्थानमा अत िभारी वर्षाको पन िसम्भावना रहको छ ।
सातै प्रदेशमा धेरै भारी वर्षा तथा बागमती, गण्डकी र लुम्बनिी प्रदेश एक-दुई स्थानमा अत िभारी वर्षाको पन िसम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहरिो तथा भूक्षय जस्ता प्रकोपको जोखमि वा क्षतबिाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।