माडी चितवन। राज्य षड्यन्त्रको भण्डारफोर तथा जनजागरण अभियान नेकपा पश्चिम चितवनको माडीमा सम्मपन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल जनसांस्कतिक महासंघको सामना परिवारले आज माडीको बसन्तपुरमा भब्य साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
राष्य षड्यन्त्रको भण्डाफोर तथा जनजागरण अभियान अन्तर्गत केन्द्रिय सामना परिवारको टिमले प्रश्चिमचितवन जिल्ला माडीमाको बसन्तपुर स्थित दिवाकर चोकमा साँस्कृतिक कार्यक्रम संचालन गरेको हो। आज दिउँसो १२ बजेबाट सुरु भएको कार्यक्रममा सामना परिवार कलाकारहरुले विभिन्न प्रगतिशील र देशभक्तिपूर्ण गीत, संगीत तथा नृत्य प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रम नेकपाका पोलिट ब्युरो सदस्य एटम सी, र सन्देशको उपस्थितिमा प्रश्चिम चितवन जिल्ला पार्टी लाई लघु विधुत पिडित महिलाहरुको सुमहले लघुविधुत संञ्चालकहरुले अत्यचार गरेकाले कारर्वाहिको माग गर्दै ज्ञापनपत्र बुझाउनु भएको थियो । मुख्य मन्त्रि सालिकराम जन्मकटेल , संघीय सांसद बिक्रम पाण्डे पनि आजै माडीको एक कार्यक्रममा आउनु भएको थियो तर जनताले उनिहरुलाई कुनै वास्ता नगरेर नेकपाको विस्वास गर्दै हामिले नेकपा संग न्यायको आसागरेको विस्वास पिडितहरुले राखेका थिए ।
कार्यक्रमलाई नेकपाका पोलिट ब्युरो सदस्य सन्देश सीले नेपालमा संसदीय व्यवस्था रहेसम्म जनताको जीवनस्तर सुधार हुन नसक्ने भएकाले यस्को विकल्प खोज्नु पर्नेमा जोड दिनुभयो । उहाँले संसदीय व्यवस्थाको बिकल्पमा वैज्ञानिक समाजवाद लागु गर्नु पर्ने विचार राख्नुभयो ।