
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीकी जेठी दिदी तुलशा चन्दको ७१ वर्षको उमेरमा निधन भएको छ।
वि.सं. २०१२ सालमा जन्मिनुभएकी चन्दको बुधबार कपिलवस्तुको शिवगढीस्थित आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
पिता चित्रबहादुर चन्द र माता आशिका देवी चन्दकी ज्येष्ठ सन्तान तुलशा चन्दका तीन दाजुभाइ र तीन दिदीबहिनी रहेको पारिवारिक विवरणमा उल्लेख छ।
चन्दको निधनप्रति नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बागमती प्रदेश समितिले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको छ। प्रदेश समितिले दिवंगत तुलशा चन्दप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै महासचिव विप्लव सी, केन्द्रीय सदस्य जयन्द्र सीलगायत शोकसन्तप्त परिवारजन, आफन्त तथा पार्टीका सम्पूर्ण कमरेडहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
शोक वक्तव्यमा तुलशा चन्दको निधनले पार्टी परिवारलाई मर्माहत बनाएको उल्लेख गर्दै उहाँको पार्टी तथा क्रान्तिप्रतिको योगदान र प्रेरणालाई सम्मानका साथ स्मरण गरिरहने बताइएको छ।
बागमती प्रदेश समितिका इन्चार्ज माइला सीद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, “यो पीडादायी क्षणमा हाम्रो प्रदेश पार्टी परिवारजन तथा पार्टी नेतृत्वको साथमा छ। आदरणीय तुलसा दिदीको पार्टी क्रान्तिमा रहेको योगदान र प्रेरणा सदैव सम्मानका साथ सम्झिरहने छौँ।











