News Portal

  • मन्जिलाज् एस्थेटिक एण्ड स्किन कियरको १५औँ वार्षिकोत्सव तथा नयाँ प्रोडक्ट लन्च कार्यक्रम भव्य रूपमा सम्पन्न

    जनसरा ऐडी२०८३ साउन ४
    ३५ पटक

    भक्तपुर। विगत १५ वर्षदेखि सौन्दर्य, स्किन केयर तथा व्यक्तित्व विकासको क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको मन्जिलाज् एस्थेटिक एण्ड स्किन कियर ले आफ्नो १५औँ वार्षिकोत्सव तथा नयाँ प्रोडक्ट लन्च कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।


    स्थापनाकालदेखि नै आधुनिक प्रविधि, अन्तर्राष्ट्रियस्तरको सौन्दर्य सेवा, व्यावसायिक तालिम तथा दक्ष जनशक्ति उत्पादनमा सक्रिय रहँदै आएको मन्जिलाज् एस्थेटिक एण्ड स्किन कियर आज भक्तपुरसहित देशभर परिचित संस्थाका रूपमा स्थापित भएको छ। संस्थाले हजारौं ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्नुका साथै सयौं युवायुवतीलाई व्यावसायिक सीपमूलक तालिम दिई स्वरोजगार र उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। नेपाली सौन्दर्य व्यवसायलाई व्यावसायिक, आधुनिक र विश्वसनीय बनाउने अभियानमा पनि संस्थाले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ।


    कार्यक्रमका प्रमुख अतिथि भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री कृष्ण मुरारी न्यौपाने रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा वरिष्ठ कलाकार श्री सरोज खनाल, वरिष्ठ पत्रकार श्री ऋषि धमला, भक्तपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्रीमती रोशनीमैया धौबञ्जा, उपाध्यक्ष श्री राजेन्द्र प्रसाद प्रजापति, श्री दिनेश गोसाईं, कलाकार एलिजा गौतम, कार्यक्रम सञ्चालक तथा गायिका जुनु रिजाल, पल्पसा डंगोल, गायिका मनिषा पोखरेल, गायक कपिल कस्पाल लगायत विभिन्न कम्पनीका प्रोप्राइटरहरू, पार्लर व्यवसायी, शुभचिन्तक, ग्राहकवर्ग, इष्टमित्र तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


    कार्यक्रममा संस्थाले आफ्ना नयाँ स्किन केयर प्रोडक्टहरू सार्वजनिक गर्नुका साथै आगामी दिनमा पनि गुणस्तरीय सेवा, नवीन प्रविधि र ग्राहकको विश्वासलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको थियो। वक्ताहरूले मन्जिलाज् एस्थेटिक एण्ड स्किन कियरले नेपाली सौन्दर्य उद्योगमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका थिए।
    कार्यक्रम सफल बनाउन विशेष भूमिका निर्वाह गर्ने नविन पण्डित, सम्पूर्ण म्यानेजरहरू, कर्मचारीहरू तथा व्यवस्थापन टोलीप्रति संस्थाले हार्दिक आभार व्यक्त गरेको छ। साथै, निमन्त्रणा स्वीकार गरी कार्यक्रममा उपस्थित भई उत्साह र प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण अतिथि, ग्राहक, शुभेच्छुक तथा इष्टमित्रहरूप्रति पनि संस्थाले कृतज्ञता प्रकट गरेको छ।

    संस्थाले छोटो समयमै कार्यक्रमको तयारी गर्नुपरेकाले केही आत्मीय व्यक्तिहरूलाई निमन्त्रणा गर्न नसकिएको हुन सक्ने भन्दै त्यसप्रति क्षमायाचना गरेको छ। कसैलाई छुटाउने उद्देश्य नभई समयको सीमितताका कारण यस्तो हुन गएको उल्लेख गर्दै आगामी दिनमा पनि सबैको निरन्तर साथ, सहयोग, माया र विश्वासको अपेक्षा गरिएको छ।

    प्रतिकृया दिनुहोस्