News Portal

  • मध्यपुर थिमिनगरपालिकाले थाल्यो ढुङ्गेधारा सरसफाइ तथा पुनर्निर्माण अभियान

    दोलागिरि संवाददाता२०८३ आषाढ २४
    १४८ पटक

    २४ असार २०८३ मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका–स्थित सिद्धिकाली मन्दिरको पश्चिमतर्फ, भीमसेन मन्दिर नजिक संरक्षणको पर्खाइमा रहेका दुई ऐतिहासिक ढुङ्गेधाराको नगरपालिकाले संरक्षणका निम्ति पहल थालेको छ

    पहलका लागि  सामाजिक सञ्जालमार्फत स्थानियहरुले नगरपालिको   ध्यानाकर्षण गराइएको केही समयमै नगरपालिकाले तत्काल चासो देखाएको हो। स्थानीयले सांस्कृतिक सम्पदाको संरक्षण आवश्यक रहेको भन्दै ढुङ्गेधाराको जीर्ण अवस्था सार्वजनिक गरेपछि मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजय श्रेष्ठको निर्देशनमा नगरप्रहरी परिचालन गरी ढुङ्गेधाराको सरसफाइ गरिएको हो।
    स्थानीयवासीले नगरपालिकाले देखाएको तत्परताको स्वागत गर्दै ऐतिहासिक तथा सांस्कृतिक सम्पदाप्रति जिम्मेवारीबोधका साथ तत्काल प्रतिक्रिया जनाएकोमा नगर प्रमुख, उपप्रमुख तथा सम्पूर्ण नगरपालिका परिवारप्रति आभार व्यक्त गरेका छन्।

    मध्यपुर थिमि कला, संस्कृति र सम्पदाले सम्पन्न नगरका रूपमा परिचित रहेकाले यस्ता ऐतिहासिक ढुङ्गेधाराको संरक्षण र पुनर्निर्माण अपरिहार्य रहेको स्थानीयको भनाइ छ। उनीहरूले “हाम्रो कला, हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति” भन्ने नारालाई व्यवहारमा उतार्दै ढुङ्गेधाराको दीर्घकालीन संरक्षण तथा पुनर्निर्माण कार्य यथाशीघ्र सुरु गरिनुपर्ने माग गरेका छन्।
    स्थानीयका अनुसार सरसफाइको कार्य सकारात्मक सुरुआत भएको उनिहरुको प्रतिक्रिया रहेको छ ।  सम्पदाको वास्तविक संरक्षण पुनर्निर्माण र नियमित व्यवस्थापनबाट मात्रै सम्भव हुने भएकाले सम्बन्धित निकायले त्यसतर्फ पनि शीघ्र पहल हुनेमा  विश्वास व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्