News Portal

  • ओलीको प्रश्न:अर्थमन्त्रीले अर्थशास्त्रमा कहाँबाट पीएचडी गर्नु भएछ

    दोलागिरि संवाददाता२०८० फाल्गुण २०
    १३९ पटक

    काठमाडौं – नेकपा ( एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई अर्थशास्त्रमा कहाँबाट पीएचडी गर्नुभएको भनि प्रश्न गरेका छन् ।

    अर्थमन्त्री कसैसँग परामर्श गर्नुहुन्छ नयाँ केही गर्नुहुन्छ । सुनेको, अर्थशास्त्रमा पीएचडी गर्नुभएको भन्ने, कुन अर्थशास्त्रमा कहाँबाट पीएचडी गर्नुभएछ भनि कटाक्ष गरेका हुन्। वर्तमान सरकारले शक्ति पृथकीकरणको सिद्धान्त बुझ्न नसकेको बताएका छन् । आइतबार संघीय संसद् भवनमा पार्टीका सांसदहरूलाई प्रशिक्षण दिँदै उनले यस्तो बताएका हुन् ।

    उनले वर्तमान सरकार अलोकतान्त्रिक र शक्ति पृथकीकरणको सिद्धान्त नबुझेको जिकिर गरे । अर्थमन्त्री डा. प्रकाशशरण महत नियम कानुन, मर्यादा, प्रचलन मान्नै नपर्ने भन्ने घमण्ड देखिएको उनले बताए देशको अर्थतन्त्र ओरालो लगाएको र अर्थमन्त्रीले ०४८ सालमै असफल भइसकेका सिद्धान्त दोहोर्‍याउन खोजेको उनको भनाइ छ ।

     

    प्रतिकृया दिनुहोस्