News Portal

  • कम्युनिस्ट एकता विचार र जीवनव्यवहारसम्मको हुनुपर्छ :विप्लव

    दोलागिरि संवाददाता२०८२ कार्तिक ८
    ४१ पटक

    २०८२ कार्तिक ७  ठमाडौं ।
    नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी विच एकताको हल्ला चलेका बेला  बेला नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफ्नो धारणा सार्वजनिक गरेका छन्।

    उनका अनुसार, कम्युनिस्ट एकता केवल संगठनात्मक मिलनमा सीमित नहुने बताउँदै उनले भने, “एकता विचार, सिद्धान्त, लक्ष्य, आर्थिक दृष्टिकोण, जीवनव्यवहार र संस्कृतिसम्मको एकरूप बुझाइसँग सम्बन्धित हुने धाराणा सार्वजनिक गरेका छन् ।

    समाजवादी मोर्चा र अन्य सहमत पार्टीहरूबीचको एकताबारे भइरहेका प्रचारबारे उनले स्पष्ट पार्दै भने, “यी विषयमा नेतृत्व तहमा पहिलेदेखि नै गम्भीर छलफल भइरहेका छन् तर टुंगो लागेको छैन।”

    विप्लवले सामाजिक सन्जाल फेसबुकमार्फत  अहिले कम्युनिस्टहरूबीच एकताको वातावरण विगतको भन्दा बढेको बताएका छन्। उनले भने, “यदि कुनै पार्टीहरूबीच एकता हुन्छ भने त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ।”

    उनका अनुसार, अबको आवश्यकता सत्रुतापूर्ण सोच त्यागेर देशका प्रधान अन्तरविरोधहरू हल गर्न र नेपाली विशेषताको समाजवाद  अग्राधिकारसहितको संघीयता स्थापनाका लागि संयुक्त मोर्चा र सहकार्यको नीति अवलम्बन गर्नु पर्ने उनेको धाराण रहेको छ ।

    विप्लवले देशको स्वाधीनता गम्भीर संकटमा परेको भन्दै सबै देशभक्त, समाजवादी र कम्युनिस्ट शक्तिहरूबीच मोर्चा निर्माणमा अग्रसर हुन आह्वान समते गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    Oplus_0