News Portal

  • नेकपा एमालेको जिल्ला सम्मेलनमा भाडभैलो, अधिवेशन स्थगित नभएको त्रिपाठीको दाबी

    दोलागिरि संवाददाता२०८० माघ २१
    १७४ पटक

    facebook sharing button
    twitter sharing button
    whatsapp sharing button
    sharethis sharing button

    काठमाडौँ: नेकपा एमाले धादिङको जिल्ला कमिटीको अधिवेशन एक पक्षले अधिवेशन स्थगित भएको विज्ञप्ति निकालेपछि जिल्ला अध्यक्ष भूमि त्रिपाठीले अर्को विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित नभएको जनाएका छन् ।

    बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले कुटाकुटपछि अधिवेशन स्थगित भएको विज्ञप्ति जारी गरे लगत्तै त्रिपाठीले अर्को विज्ञप्ति जारी गर्दै २०८० माघ १९ गते देखि जारी नेकपा(एमाले) धादिङको नवौँ जिल्ला अधिवेशनको बन्द सत्र सञ्चालन भई रहेको बताएका हुन् ।

    उनले केही अनधिकृत र उच्छृङ्खल व्यक्तिले अधिवेशनको थप कार्यक्रम स्थगित भएको भनी सामाजिक सञ्जाल र मिडियामा फैलाएको भ्रमप्रति नेकपा(एमाले) धादिङको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन् ।

    ‘बन्द सत्रको कार्यक्रम निरन्तर सञ्चालन भइरहेको ब्यहोरा अवगत गराउँदै सम्बन्धित सबैलाई यो भ्रममा नपर्न अनुरोध गर्दछु’अध्यक्ष त्रिपाठीले विज्ञप्तिमार्फत भनेका छन् ।

    प्रतिकृया दिनुहोस्