काठमाडौँ । पूर्व गृहमन्त्री रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्की प्रहरी कार्यालयमा पत्र पठाएको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा कार्तिक २ मा पक्राउ परेका लामिछानेलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न लामिछानेलाई उपस्थित गराउन पत्राचार गरिएको रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले जानकारी दिउको छ ।
बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारीबाट पुर्व गृहमन्त्री तथा रास्वपाका सभापति लामिछानेको नाममा ऋण प्रवाह भएको भेटिएको बताइएको छ । त्यहि प्रमाणलाइ आधार मानेर बुटवल उप महानगरपालिका–९ राजमार्ग चौराहामा सञ्चालित सुप्रिम बचतबाट लामिछानेले २०७७ चैत १८ मा २ करोड ऋण लिएका हुन् । २०८१ वैशाखमा रुपन्देही जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्र अनुसार सो रकम गोरखा मिडिया नेटवर्क प्रा।लिको ग्लोबल आईएमई बैंक लिमिटेडेको खातामा जम्मा गरेको भेटिएको छ ।