News Portal

  • आफूलाई सच्याउन सरकारलाई प्रचण्डको आग्रह ,नत्र संसद् र सडकमा तपाईँहरूले त्यो प्रतिरोध देख्नुपर्नेछ

    दोलागिरि संवाददाता२०८१ कार्तिक १०
    ४५ पटक

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका गलत कदमका विरुद्ध सदन र सडक दुवै मोर्चाबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन् । आज माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौँको मा भकुटीमण्डप आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले प्रतिपक्षको खबरदारीलाई सामान्य रूपमा नलिन चेतावनी दिदैं भने सरकारले नसोचेको मूल्य चुकाउने चेतावनी पनि दिए ।

    प्रचण्डले आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई अहिले केपी ओलीको सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उनले उनको धाराण रहेको थियो ।

    केपी ओलीलाइ भने आफूलाई सच्याउन सरकारलाई हाम्रो आग्रह छ । ‘नत्र संसद् र सडकमा तपाईँहरूले त्यो प्रतिरोध देख्नुपर्नेछ,र थेक्न सक्नु हुने छैन । जसको तपाइँहरुले कल्पना गर्नुभएको छैन’– अध्यक्ष प्रचण्डले भने– ‘बाढी पहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिन्छ, यो हर्कत सरकारका लागि महँगो पर्ने छ।

    शनिबार काठमाडौंमा भएको खबरदारीसभामा उनले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनमा नाम भएका कांग्रेस र एमालेका नेताहरुलाई केही नगरिएको तर प्रतिपक्षका नेतालाई मात्र पक्राउ गरिएको बताएका हुन् ।

    प्रतिकृया दिनुहोस्