News Portal

  • कीर्तिमानी पर्वतारोहीलाई काठमाडौंमा भव्य स्वागत

    दोलागिरि संवाददाता२०८१ आश्विन २८
    ५१० पटक

    काठमाडौं : चीनमा अवस्थित ८ हजार २७ मिटर अग्लो सिसापाङमा हिमाल आरोहण गरि कीर्तिमान बनाउन सफल नेपाली पर्वतारोहीलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।

     

    ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर किर्तिमान बनाएका आरोहीहरूलाई सोमबार पञ्चेबाजासहित त्रिभुवन बिमानस्थलमा भव्य स्वागत गरिएको हो ।

    नेपाली महिलातर्फ पहिलो पटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम शेर्पा,८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गर्न सफल निमा रिन्जी शेर्पा, तेजन शेर्पा, पासाङ शेर्पा लगाएत ९ जना आरोहीहरूलाई नेपाल पर्वतारोहण संघ लगाएत आफन्त र समर्थकहरूले सम्मानका साथ स्वागत गरिएको थियो ।साथै उनीहरूलाई बानेश्वर, त्रिपुरेश्वर, ठमेल हुँदै भृकुटीमण्डपसम्म नगरपरिक्रमा गराइएको थियो ।

     

    प्रतिकृया दिनुहोस्