News Portal

  • अनशनस्थलबाटै पक्राउ परे पूर्वमुख्यमन्त्री केदार कार्की

    दोलागिरि संवाददाता२०८१ भाद्र २५
    ४८ पटक

    २५ भदौ, विराटनगर । १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्कलगायतका माग राखेर अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रदेशसभा सचिवालय अगाडि अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरी मंगलबार साँझ पक्राउ गरेको हो ।

    निषेधित क्षेत्रमा अनसन बसेका कारण पक्राउ गरेकाे प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

    यसअघि पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले हटाउन खोजेपछि उनका समर्थक र प्रहरीबीच झडप भएको थियो ।

    प्रतिकृया दिनुहोस्