News Portal

  • प्रकाश मोक्तानले घरमै पाए नागरिक्ता

    दोलागिरि संवाददाता२०८१ भाद्र १७
    ४३० पटक

    काठमाडौँ— काठमाडौंको जोरपाटीबाट ३५ वर्षअघि परिवारको सम्पर्कबाट टाढिएर बेपत्ता जस्तै बनेका प्रकाश मोक्तानलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले उनलाई घरमै गएर नागरिकता आज दिएको छ ।

    षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले उनलाई नागरिकता हस्तान्तरण गरेका थिए भने वडा अध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख विनोद अधिकारी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईंको रोहबरमा उनलाई नागरिकता प्रदान गरिएको हो।

    प्रकाश ३५ वर्षअघि काठमाडौंबाट हराएका थिए। परिवारका सदस्यसँग काठमाडौं आएका उनी एकाएक हराएका थिए। विद्या चापागाईं र कमलकुमारले निर्देशन, निर्माण गर्दै आएको हेर्ने कथा (युट्युव श्रृंखला) ले प्रकाशलाई उत्तरी गोरखाको चुम उपत्यकामा फेला पारेका थियो। प्रकाश त्यहाँ चौरी गोठालाको रूपमा थिए। उतिवेला काठमाडौंबाट काम दिने भएर त्यहाँ लगिएको थियो ।

    प्रतिकृया दिनुहोस्