News Portal

  • आज साफ यु-२० च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा भुटानसँग खेल्दै

    दोलागिरि संवाददाता२०८१ भाद्र ९
    ८० पटक

    ९ भदौ, काठमाडौं । घरेलु मैदानमा जारी साफ यु-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ । आजको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुदैं छ ।

    घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य बनाएको नेपाल समूह ए मा दुवै खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । नेपालले पहिलो खेलमा श्रीलंकालाई १-० ले दोस्रो खेलमा बंगलादेशलाई २-१ ले पराजित गरेको थियो ।
    भुटान भने समूह बी को उपविजेता बन्दै अन्तिम चारमा पुगेको थियो। पहिलो खेलमा साविक विजेता भारतसँग १-० ले पराजित भए पनि दोस्रो खेलमा माल्दिभ्सलाई २-१ ले पराजित गरेपछि भुटान पनि भारतसँगै सेमिफाइनल पुगेको थियो ।

    समूह चरणमा नेपाल अपराजित रहँदा तीन गोल गरेको हो भने एक गोल व्यहोरेको थियो । पहिलो खेलमा नेपालले श्रीलंकालाई पराजित गर्दा निराजन धामीले निर्णायक गोल गरेका थिए । दोस्रो खेलमा बंगलादेशविरुद्ध समिर तामाङले नेपालका लागि गोल गरेका हुन भने एक आत्मघाती गोल उपहार पाएको थिए । भुटानले दुई गोल गर्दा दुई गोल नै व्यहोरेको छ भने । भुटानी खेलाडीले दुवै खेलमा रातो कार्ड पाएका थिए । दुवै खेलमा भुटानका एकरएक खेलाडीले रातो कार्ड पाएका थिए ।

    प्रतिकृया दिनुहोस्