News Portal

  • सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन भएपछि शान्ति प्रक्रियाको कामहरु पूरा: प्रचण्ड

    दोलागिरि संवाददाता२०८१ भाद्र ८
    ६२ पटक

    ८ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन भएपछि शान्ति प्रक्रियाको कामहरु पूरा भएको बताएका छन् ।

    पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितले शनिबार गरेको कार्यक्रममा उनले माअ‍ोवादीको टाउकोमाथि झुुण्डिएको तरबार हटेको टिप्पणी पनिगरे छन् । अब तपाईं हाम्रो टाउकोमा तरबार झुण्ड्याएको जस्तो थियो, त्यो तरबार हट्यो, अब डराउनुपर्ने अवस्था छैन उनलको भनाइ थियो ।

    माओवादी जनयुद्ध सकिएको १८ वर्ष भइसक्दा पनि शान्ति प्रक्रियाको कामहरु पूरा भएको थिएन । हालै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको संशोधन विधेयक पारित भएको छ ।

    प्रतिकृया दिनुहोस्