News Portal

  • नेपालमा स्टार्टअपका लागिअनुकूल वातावरण बनेको छ :प्रधानमन्त्री ओली

    दोलागिरि संवाददाता२०८१ भाद्र ५
    ६० पटक

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्टार्टअपका लागि नेपालमा अहिले अनुकूल वातावरण बनेको धारण राखेएका छन् । बुधबार काठमाडौंमा स्टार्टअप नेसन, २०३० कार्यक्रमको उद्घाटन गर्दै उनले नेपालमा अहिले स्टार्टअपका लागिअनुकूल वातावरण रहेको बताएका हुन् ।

    प्रधानमन्त्री ओलीले कामको खोजीमा युवाहरू दिनहुँ विदेशिरहेको भन्दै नेपालमै पर्याप्त रोजगारीको सिर्जना गर्नुपर्ने बताए । उनले देशबाट बाहिरिने युवाहरूका लागि स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न स्टार्टअप महत्त्वपूर्ण साबित हुने विश्वास व्यक्त गरे । उनले सिप, आम्दानी, आत्मविश्वास बढाउने कार्यक्रमहरू सरकारले ल्याउने पनि जानकारी गराए अहिले सरकार देशमा रोजगारी सिर्जना गर्न लागी परेको समेत बताएका हुन ।

    प्रधानमन्त्री ओलीले सहकारीमा गैरसहकारी तत्त्वहरूको प्रवेशले सहकारीप्रतिको आम नागरिकको विश्वास गुमेको उनको धाराण थियो । उनले हजारौँ सहकारीमध्ये केही सहकारीमा मात्रै सो अवस्था आएको भन्दै सहकारीप्रतिको विश्वासलाई फेरि जगाउने बताए । उनले स—साना पुँजीले अलि ठुला कामहरू गर्नेगरी अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

    प्रतिकृया दिनुहोस्