News Portal

  • भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको छानबिन गर्न समिति गठन

    दोलागिरि संवाददाता२०८१ साउन ३२
    १०२ पटक

    काठमाडौँ ।हिजो भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको छानबिन गर्न समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकको निर्देशनमा प्रहरीले शुक्रबार छानबिन समिति गठन गरेको हो । उपत्यका प्रहरी कार्यालयका एसपी प्रदीप केसीको नेतृत्वमा छानबिन समिति बनेको र सो समितिले शुक्रबार बिहानैदेखि काम थालेको प्रहरी प्रवक्ता दानबहादुर दानबहादुर कार्कीले जानकारी दिएका छन् । प्रहरीले घटनाबारे छिट्टै सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएको छ ।

    गृह मन्त्री लेखकले एक जनाको ज्यान जानेगरी भएको गठ्ठाघरको उक्त सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक ९आइजीपी० बसन्त कुँवरलाई निर्देशन दिएका थिए ।

    बिहीबार दिउँसो ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्