दोलागिरि संवाददाता२०८१ साउन २१
धादिङ । धादिङको गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । धादिङबाट काठमाडौंको लागि छुटेको विद्युतीय माइक्रोमाथि गजुरी गाउँपालिका-५ स्थित पोखरे खोला नजिक भएको उक्त घटनामा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी-५ जरेखोला नजिक पहिरोमा परेको थियो । पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो ।
महेन्द्र राजमार्ग अन्तर्गतको सडकखण्ड भएर काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ च ६५१२ नम्बरको माइक्रो सडकको माथिबाट खसेको पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।