News Portal

  • उपत्यकामा आज सार्वजनिक बिदा

    दोलागिरि संवाददाता२०८१ साउन २०
    ४३९ पटक

    काठमाडौं दा उपत्यकामा आइतबार सार्वजनिक बिदिइएको छ। रातो मत्स्येन्द्रनाथको भोटो देखाउने भएकाले आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ।

    ‘गत माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा मिति २०८१ साल श्रावण २० गते आइतबार काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयको सूचनामा भनिएको छ।

    प्रतिकृया दिनुहोस्