संविधानको विशेषता नै संविधानमा उल्लेखित दफाहरु विधि, प्रक्रिया पूरा गरेर परिवर्तन गर्न सकिने
उनले बताए । समयको माग, जनताको चाहनाअनुसार संविधान परिवर्तन हुने उनको भनाई रहेको थियो । संघीयताको मर्म र भवनाअनुसार कानूनहरु बनाउन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएकोले जनताको चाहना पूरा गर्नका लागि काँग्रेस र एमाले मिलेर सरकार बनाएको उनले बताए ।
युवाहरु रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यतको अन्त्य, अर्थतन्त्र चलायमान बनाउन, विकास निर्माणका गतिविधि अघि बढाउनका लागि सरकारले काम गर्ने उनले बताए । उपप्रधानमन्त्री सिंहले तीन तहकै सरकार अधिकार सम्पन्न भएर काम गरेको भए अहिलेको अवस्था नआउने दाबी गरे।