पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर-४ चम्पादेवीमा पुष्पलालको स्मृतिमा श्रद्धाञ्जलि सभा, गोष्ठीलगायत कार्यक्रम आयोजना गरेको छ । पुष्पलालको जन्म विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा भएको थियो भने निधन विसं २०३५ साउन ७ गते भारतको अस्पतालमा उपचारका क्रममा भएको थियो । जनताको पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ श्याम बजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा २००६ सालमा नेकपाको स्थापना कोलकाताको भएको थियो ।

विसं २०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने पहिलो नेताका रूपमा पुष्पलाललाई मानिन्छ । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कारसमेत स्थापना गरेको छ । उनकै नाममा पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भइरहेको छ ।