News Portal

  • बागमतीमा मृतकलाई २ लाख, अस्थायी आवास बनाउन १ लाख दिने,सर्वदलीय बैठकको निर्णय

    दोलागिरि संवाददाता२०८१ आश्विन १४
    ५६२ पटक

    १४ असोज, हेटौंडा । बागमती प्रदेश सरकाले बोलाएको सर्वदलीय बैठकले बाढी, पहिरो र डुवानबाट मृत्यु भएकाको परिवारलाई तत्काल दुई लाख राहात दिने निर्णय गरेको छ ।

    मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा सोमबार साँझ ललितपुरको जाउलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा बसेको बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । विपदबाट प्रभावित प्रदेशभित्र बसोबास गर्ने परिवारलाई राहत तथा क्षतिपूर्ति स्वरुप प्रतिमृतक दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएको छ ।

    बाढीपहिरोले आवासविहीन भएका प्रभावित परिवारलाई अस्थायी संरचना निर्माणका लागि एक लाख रुपैयाँ दिने निर्णय पनि भएके नेपाली कांग्रेस बागमती प्रदेशका सचेतक गोविन्द लम्सालले जानकारी दिएका छन्। बाढीपहिरोले बागमती प्रदेशका १३ जिल्लामा १ सय ३९ जनाले ज्यान गुमाएका छन् भने ५५ जना अझै बेपत्ता छन् । २२६ परिवार प्रभावित हुँदा ३१ वटा घरमा पूर्ण क्षति भएको छ ।

    प्रतिकृया दिनुहोस्