News Portal

  • मिड भ्यालि एसएस कलेज भक्तपुरले ७७ जिल्लाका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति दिने उदेश्य सहित संचालनमा

    दोलागिरि संवाददाता२०८१ आषाढ २७
    ८१ पटक

    २६ असार, काठमाडौं । मिड भ्यालि एसएस कलेज नयाँ थिमि भक्तपुर ` प्रविधि र शिक्षाको संगम जीवन उपयोगी ज्ञान ´ मुख्य उदेश्य सहित भक्तपुरको मध्यपुर थीमिमा नयाँ शैक्षिक गन्तव्य सहित संचालनमा आएको छ ।

    भक्तपुर जिल्लाकै नयाँ र उच्च शिक्षाहासिल ग्र्न कलेजको खोजि गर्दै भक्तपुरवाट काठमाडौं सम्म पढ्न जान चाहाने विद्यार्थीका लागि अब भक्तपुरमै आफुले चाहेको रोजेको ,खोजेको जस्तै कलेज उच्च प्रविधिमा पढ्न पाउने छन् । राम्रो कलेजकै खोजिमा भक्तपुर वाट काठमाडौं सम्म धाउनु पर्ने दिनहरु समाप्त हुने देखिएको छ ।

    भक्तपुरका विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न अब टाढा जानू पर्ने देखिदैन खुल्ला बातावरण र मनरम सुन्दर नयाँ भवनमा फ्रेस मुडमा सुनौलो सपना , उदेश्य सहित पढ्न पाउने गरि संचालमा ल्याएको कलेजका प्रिन्सिपल राजु कोइरालाले जानकारी दिनु भएको छ । नंया भवन भुकम्प प्रतिरोधि भवन सहित कलेजका रुपमा भक्तपुरमै उत्कृष्ट कलेजको रपमा उभ्याउने आकलन गरएको छ ।

    मिड भ्यालि एसएस कलेजल भक्तपुरले ७७ वटै जिल्लाका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा समेत गरेको छ। कलेजले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रत्येक जिल्लाका उत्कृष्ट १–१ जना छात्र र छात्रालाई पूर्ण छात्रवृत्तिसमेत दिने जानकारी गरेको हो ।

    साथै कलेजले एसईई उत्तीर्ण भएका विद्यार्थीलाई लक्षित गरेर मिडभ्याली ग्रान्ड टपर्स छात्रवृत्ति कार्यक्रम समेत सञ्चालनमा ल्याएको हो। जसमा प्रत्येक प्रदेशबाट १ जना छात्र र १ जना छात्रा तथा सम्पूर्ण स्थानीय तहबाट उत्कृष्ट १–१ जना छात्र छात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ।

    प्रतिकृया दिनुहोस्