News Portal

  • २१ बुँदे प्रस्ताव पारित गर्दै एमालेको महिला भेला सम्पन्न

    दोलागिरि संवाददाता२०८१ जेठ १८
    १३२ पटक

    काठमाडौँ । नेकपा (एमाले) को दुई दिने राष्ट्रिय महिला भेला २१ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भेलाले ‘म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्छु’ भन्ने नीतिको प्रभावकारी कार्यान्वयनमा पार्टी नेतृत्वलाई माग गरेको छ।

    भेलाले सबै प्रकारका विभेद र हिंसाको अन्त्यलाई आफ्नो मुख्य र साझा मुद्दा मानेको छ। यसलाई कार्यान्वयन गर्न नेकपा (एमाले)को मार्गदर्शनमा आ–आफ्नो ठाउँबाट व्यापक अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

    भेलाले एमालेमा हाल महिला सदस्यको अनुपात करिब २७ प्रतिशत मात्र रहेको तथ्यलाई आत्मसात् गर्दै आगामी दिनमा सदस्य संख्याका साथै पार्टी र जनसंगठनका सबै संरचनामा महिलाको ५० प्रतिशत सहभागिता पुर्‍याउने लक्ष्यसहित विशेष अभियान सञ्चालन गर्न आग्रह गर्दै आ–आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने वचनबद्धता पनि व्यक्त गरेको छ।

    ‘नेकपा एमाले, जनसङ्गठन समन्वय संयन्त्रद्वारा आयोजित राष्ट्रिय महिला भेलाद्वारा पारित प्रस्तावहरूमा सामाजिक उत्पीडनको सबैभन्दा प्रखर रूप लैङ्गिक विभेद हो। यसको अन्त्यका लागि हामी प्रतिबद्ध छौं,’ पारित प्रस्तावमा भनिएको छ। भेलाको उद्घाटन जेठ १६ गते पूर्वराष्ट्रपति विद्या भण्डारीले गरेकी थिइन्।

    प्रतिकृया दिनुहोस्