News Portal

  • समृद्धि कलेजका BSW विद्यार्थीद्वारा वडा अध्यक्षसँग अन्तरक्रिया, समुदायको वास्तविकता बुझ्दै व्यवहारिक सिकाइ

    दोलागिरि संवाददाता२०८३ आषाढ २३
    ५१ पटक

    २२ असार २०८३ । काठमाडौं । समृद्धि कलेजमा अध्ययनरत ब्याचलर अफ सोशल वर्क (BSW) कार्यक्रमका विद्यार्थीहरूले आफ्नो फिल्डवर्कअन्तर्गत सम्बन्धित वडा अध्यक्षसँग अन्तरक्रिया गर्दै समुदायको वास्तविक अवस्था, स्थानीय आवश्यकता, चुनौती तथा विकासका सम्भावनाबारे प्रत्यक्ष जानकारी लिएका छन्।
    कार्यक्रममा वडा अध्यक्षले स्थानीय सरकारको भूमिका, समुदायमा देखिएका सामाजिक समस्या, विकास निर्माणका प्राथमिकता तथा नागरिक सहभागिताको महत्वबारे विद्यार्थीहरूसँग अनुभव आदानप्रदान गरेका थिए। विद्यार्थीहरूले पनि सामाजिक कार्यको अध्ययनलाई व्यवहारमा उतार्ने क्रममा विभिन्न जिज्ञासा राख्दै समुदायसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्राप्त गरेका थिए।


    समृद्धि कलेजका अनुसार BSW कार्यक्रमको उद्देश्य विद्यार्थीलाई कक्षाकोठाको सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी समुदायसँग प्रत्यक्ष जोडेर व्यवहारिक, उत्तरदायी र सक्षम सामाजिक कार्यकर्ता तयार गर्नु हो। समुदायमा आधारित अध्ययन, नियमित फिल्डवर्क, अनुभवी प्रशिक्षकहरूको मार्गदर्शन तथा अन्तरक्रियात्मक सिकाइमार्फत विद्यार्थीहरूलाई वास्तविक जीवनका चुनौतीसँग सामना गर्न सक्षम बनाइँदै आएको कलेजले जनाएको छ।


    कार्यक्रम सफल बनाउन समय, अनुभव र मार्गदर्शन प्रदान गर्नुहुने वडा अध्यक्षप्रति समृद्धि कलेजले हार्दिक आभार व्यक्त गरेको छ। कलेजले यस्ता व्यवहारिक सिकाइका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै विद्यार्थीहरूलाई समाज रूपान्तरणमा योगदान गर्न सक्ने दक्ष जनशक्तिका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिकृया दिनुहोस्