News Portal

  • मध्यपुर मेयर कप कराते च्याम्पियनसिप–२०८३ मा विनायक शिक्षा निकेतनको उत्कृष्ट प्रदर्शन

    दोलागिरि संवाददाता२०८३ आषाढ १
    ३२ पटक

    भक्तपुर, ३१ जेठ । मध्यपुर थिमि नगरपालिकाको मध्यपुर सिटोरियो कराते डोजोद्वारा आयोजित तथा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले उद्घाटन गर्नुभएको मध्यपुर मेयर कप कराते च्याम्पियनसिप–२०८३ मा विनायक शिक्षा निकेतनका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।

    प्रतियोगितामा विद्यालयका प्रिन्स श्रेष्ठले ब्वाइज कुमिते ३५ केजी तौल समूहमा रजत पदक जित्न सफल भए। त्यसैगरी वैभव श्रेष्ठले ब्वाइज कुमिते २५ केजी तौल समूहमा कांस्य पदक प्राप्त गरे भने सोयाना गोर्खालीले गर्ल्स कुमिते ३० केजी तौल समूहमा कांस्य पदक हात पारिन्। विद्यार्थीहरूको उत्कृष्ट खेल प्रदर्शनसँगै विनायक शिक्षा निकेतनले प्रतियोगिताको ‘बेस्ट डिसिप्लिन टिम ट्रफी’ समेत प्राप्त गर्न सफल भएको छ। विद्यालयका खेलाडीहरूले प्रदर्शन गरेको अनुशासन, खेल भावना र समर्पणका आधारमा उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

    यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले पदक विजेता तथा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूको मेहनत, लगनशीलता र अनुशासनले विद्यालयको गौरव बढाएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विद्यालयको नाम चिनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो।
    प्रतियोगितामा प्राप्त सफलताले विद्यालयका विद्यार्थीहरूमा खेलकुदप्रतिको उत्साह थप बढाएको र आगामी दिनमा पनि यस्ता प्रतियोगितामा सक्रिय सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

    प्रतिकृया दिनुहोस्