News Portal

  • आर्थिक वर्ष २०८३/८४ मा खेलकुद महोत्सव आयोजना गरिने नगरप्रमुख श्रेष्ठको घोषणा

    दोलागिरि संवाददाता२०८३ जेठ ३०
    ३२ पटक

    भक्तपुर, जेठ ३०  मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ ले आगामी आर्थिक वर्ष २०८३/८४ मा बृहत् खेलकुद महोत्सव आयोजना गरिने घोषणा गर्नुभएको छ।
    मध्यपुर मेयर कप कराते प्रतियोगिता–२०८३ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले खेलकुद क्षेत्रको विकास, खेल प्रतिभाको पहिचान तथा युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न नगरपालिकाले विशेष योजना अघि बढाएको बताउनुभयो।
    उहाँले खेलकुदलाई स्वस्थ, अनुशासित र सिर्जनशील समाज निर्माणको महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै नगरभित्र रहेका खेलाडी, प्रशिक्षक तथा खेल संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी वर्ष खेलकुद महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो।
    नगरप्रमुख श्रेष्ठका अनुसार महोत्सवमा करातेसहित विभिन्न खेल विधाका प्रतियोगिता, प्रदर्शन तथा खेलसम्बन्धी कार्यक्रमहरू समावेश गरिनेछ। यसले नगरभित्र लुकेर रहेका खेल प्रतिभाहरूलाई उजागर गर्न तथा खेल संस्कृतिको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
    उद्घाटन समारोहमा विभिन्न विद्यालय, क्लब तथा खेल संस्थासँग आबद्ध खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै नगरप्रमुख श्रेष्ठले खेलकुदमार्फत मध्यपुर थिमिलाई खेलमैत्री नगरका रूपमा स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

     

    प्रतिकृया दिनुहोस्